चोरी गर्ने पटके कसुरदार ट्याक्टरसहित पक्राउ
- माघ १९, २०७८ मा प्रकाशित
इटहरीः झापाको गौरादह ९ को दुधे बैगुन्धुरा भित्री सडकखण्डअन्तर्गत कमल खोलामा पुल निर्माणका लागि राखिएका सामग्री चोर्न आएका एक पटके कसुरदारलाई पहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४० वर्षका रतन साह रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार निर्माणस्थलबाट छडलगायत विभिन्न निर्माण सामग्री चोरिरहेको अवस्थामा अभियुक्त साहलाई प्रहरीले चोरीमा प्रयोग भएको ट्याक्टरसहित पक्राउ गरेको हो ।
साह मे १ त ४७२८ नम्बरको ट्याक्टरसहित गएराति पक्राउ परेका हुन् । अन्य तीन जना भने फरार रहेको एसपी राईको भनाइ छ । यो समूहले दुई दिनअगाडि पनि ४० थान छड लगेको प्रहरीसमक्ष स्वीकार गरेको बताउँदै प्रहरीले फरार अभियुक्तहरुको खोजी तिव्र पारिएको जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा आश्विन २, २०८१प्रचण्डको दावी : देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्
-
ताजा आश्विन २, २०८१रास्वपाले आज महाधिवेशनको मिति र ठाउँको टुङ्गो लगाउने
-
ताजा आश्विन २, २०८१इटहरी २१ करोडको लागतमा आधुनिक सभा हल निर्माण सुरु
-
ताजा आश्विन २, २०८१पश्चगामी सोंचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैन : राष्ट्रिय सभा अध्यक्ष
-
ताजा आश्विन २, २०८१रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई, पाँच दिनअघि मात्र जितेका थिए उपाधि
Comments