•  ३ आश्विन २०८१, बिहीबार
  •  7:55:50 AM

बैंकिङ कसुर गरी फरार अभियुक्त पक्राउ

- माघ १९, २०७८ मा प्रकाशित



इटहरीः बैंकिंङ् कसुर मुद्धामा अदालतबाट सजाय पाई फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका ६ बस्ने ४० वर्षीय सिताराम लुइँटेल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार लुइँटेललाई १ नं प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा हिजो पक्राउ गरी मोरङ जिल्ला अदालतमा दाखिला गरेको थियो । अदालतले कैद भुक्तानीका लागि अभियुक्तलाई कारागार चलान गरेको उनले बताए ।

प्रतिवादी लुईटेल भएको बैंकिंङ् कसुरको मुद्धामा उच्च अदालत विराटनगरबाट मिति २०७८ कार्तिक १० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १० महिना ७ दिन कैद र रु १५ लाख जरिवाना भई लगत नं ( ८१७४ मा कैद जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेको थियो ।

Comments

सम्बन्धित खवर