झापामा ठूलो परिमाणको विस्फोटक पदार्थ फेला
- माघ १९, २०७८ मा प्रकाशित
इटहरीः झापाको भारतीय सीमावर्ती नेपाली भूभागमा ठूलो परिमाणको विस्फोटक पदार्थ फेला परेको छ ।
जिल्लाको मेचीनगर नगरपालिका वडा नं. ७ गैरीगाउँमा विस्फोटक पदार्थ इलेकट्रोनिक डेटोनेटर ८० थान र नेपोलाइट ९१ थान फेला परेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार विस्फोटक पदार्थ बरामद गरेको स्थान भने नेपाल भारतको सीमा पिलर ९०–१ र ९०–२ नम्बरको बीचमा मेची नदीको किनारनजिक पर्छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्रको टोलीले विशेष सूचनाको आधारमा विस्फोटक पदार्थ फेला परेको एसपी राईको भनाइ छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
-
ताजा मंसिर ६, २०८१चार दिन देखि बढेकाे बढ्यै सुनकाे भाउ : आज तोलाको कतिमा हुदैछ काराेवार ?
-
ताजा मंसिर ५, २०८१दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै , मानहानीकाे मुद्धा चलाउने तयारी
Comments