•  ३१ भाद्र २०८१, सोमबार
  •  1:42:32 AM

इटहरीको पीपल चौकमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

- माघ १९, २०७८ मा प्रकाशित



इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका २ स्थित पीपल चौकमा भएको टेम्पो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

तरहराबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ६१०८ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करमा सोही दिशाबाट आउँदै गरेको को १ ह ६४४१ नम्बरको टेम्पो पछाडिबाट ठोक्किँदा धरान १५ का ५६ वर्षीय योगेन्द्र बजगाईँको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएका बजगाईँलाई उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा चिकित्सकले तत्कालै मृत घोषित गरेका थिए ।

सोही दुर्घटनामा परी टेम्पोमा सवार धरान १३ बस्ने ३४ निलु बर्मा, उनकी छोरी ११ वर्षीया नियाशा बर्मा र ४ वर्षीया बिप्याङ्की बर्मा सामान्य घाइते रहेको डीएसपी तिम्सिनाले बताए । घाइतेमध्ये निलुको अवस्था गम्भीर रहेको उनको भनाइ छ । यस्तै, अर्का घाइते अन्दाजी ४० वर्षीय रोशन बस्नेतको भने इटहरीमै रहेको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

टेङ्कर चालक बराहक्षेत्र ८ बस्ने ३४ वर्षीय लव नारायण चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ । टेम्पोको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

Comments

सम्बन्धित खवर