भवनबाट लडेर पूर्वमिस अमेरिका क्रिस्टको निधन
- माघ १८, २०७८ मा प्रकाशित
काठमाडौं:
‘मिस अमेरिका २०१९’ विजेता चेस्ली क्रिस्टको ३० वर्षको उमेरमा निधन भएको छ । न्यूयोर्क सिटीको एक ६० तले भवनबाट लडेर उनको मृत्यु भएको हो ।
ब्युटी क्विन, वकिल, फेसन ब्लगर र टेलिभिजन पत्रकारसमेत रहेकी चेस्ली आइतबार बिहान ७ बजे भवनबाट लडेकी हुन् । भवनको नवौं तलामा बस्ने चेस्लीको मृत्यु आत्महत्या लक्षित रहेको प्रहरीको दाबी छ । यद्यपि चिकित्सकले हालसम्म उनको मृत्युको आधिकारिक कारण बताएका छैनन् ।
चेस्लीले सन् २०१९ मा ‘मिस नर्थ क्यारोलिना यूएसए’को उपाधि जितेकी थिइन् । यसअघि उनले ‘मिस युएसए २०१९’का ताज जितेकी थिइन् । सन् २०२० मा उनको फर्मले उनलाई आफ्नो पहिलो विविधता सल्लाहकार नियुक्त गरेको थियो । यसबाहेक सन् २०१९ मा चेस्लीले एक्स्ट्राका लागि न्यूयोर्क करेस्पोण्डेन्टका रुपमा काम सुरु गरेकी थिइन् ।
चेस्लीको जन्म सन् १९९१ मा मिसिगनको जेक्सन सहरमा भएको थियो । उनी दक्षिण क्यारोलिनामा हुर्किएकी हुन् । उनले साउथ क्यारोलिना युनिभर्सिटीमा पढिन् र सन् २०१७ मा वेक फरेस्ट युनिभर्सिटी स्कुल अफ लबाट ग्राजुएसन गरिन् । चेस्लीले नर्थ क्यारोलिना फर्म पोयनेर स्प्रुइल एलएलपीमा एक वकिल र सिभिल लिटिगेटरका रुपमा काम गरेकी थिइन् । एजेन्सी
सम्बन्धित खवर
-
ताजा आश्विन २, २०८१प्रचण्डको दावी : देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्
-
ताजा आश्विन २, २०८१रास्वपाले आज महाधिवेशनको मिति र ठाउँको टुङ्गो लगाउने
-
ताजा आश्विन २, २०८१इटहरी २१ करोडको लागतमा आधुनिक सभा हल निर्माण सुरु
-
ताजा आश्विन २, २०८१पश्चगामी सोंचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैन : राष्ट्रिय सभा अध्यक्ष
-
ताजा आश्विन २, २०८१रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई, पाँच दिनअघि मात्र जितेका थिए उपाधि
Comments