•  २ कार्तिक २०८१, शुक्रबार
  •  8:20:39 PM

पर्यटन प्रवर्द्धन गर्न भाेजपुरमा कात्तिक ३ गते देखि बृहत् हतुवागढी महोत्सव

- कार्तिक १, २०८१ मा प्रकाशित



भोजपुर । स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव हुने भएको छ । हतुवागढी गाउँपालिका तथा जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवका लागि गाउँपालिकाले ३० लाख बजेट विनियोजन गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।

महोत्सवका क्रममा एक सय ५३ मिटर उचाइमा रहेको जिल्लाको सबैभन्दा होचोस्थल माइबेँनीबाट एक हजार आठ सय ६५ मिटर उचाइ रहेको सङखाम जोरआहाल हुँदै घोडेटार बजारसम्म  २६ किलोमिटर दौड प्रतियोगिता हुनेछ । कृषिका साथै मारुनी, स्यामुना सिली, लाखे, हुर्रा, डम्फु नाच र वाद्यवादन यन्त्रको प्रदर्शनी हुने अध्यक्ष राईले जानकारी दिए ।

Comments

सम्बन्धित खवर