•  २ कार्तिक २०८१, शुक्रबार
  •  10:12:00 PM

भारतलाई हराउँदै अस्ट्रेलिया महिला टी– २० विश्वकपको सेमिफाइनलमा

- आश्विन २८, २०८१ मा प्रकाशित



 एजेन्सी । जारी आईसीसी महिला टी– २० विश्वकप अन्तर्गत अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ९ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको १५२ रनको लक्ष्य पछाएको भारतले २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनाएको थियो । त्यस्तै पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।यो जितसँगै अस्ट्रेलिया समूह ‘ए’ मा लागातार चार जित सहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ ।

त्यस्तै यो हारपछि भारतको सेमिफाइनल यात्रा भने संकटमा परेको छ । भारतले ४ खेलमा २ हार र दुई जित हासिल गरेको छ । अब समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्ने अर्को देशको टुंगो आज हुने न्यूजील्याण्ड र पाकिस्तानबीचको खेलपछि लाग्ने छ । यो खेल न्यूजील्याण्डले जितेमा सेमिफाइनलमा पुग्ने छ भने भने पाकिस्तानले जितेमा भारतको सम्भावना रहने देखिन्छ ।

Comments

सम्बन्धित खवर