•  २ कार्तिक २०८१, शुक्रबार
  •  10:14:23 PM

रोनाल्डो र सिल्भाको गोलमा पोर्चुगलको शानदार जित

- आश्विन २७, २०८१ मा प्रकाशित



एजेन्सी । युइएफए नेसन्स लिग अन्तर्गत पोर्चुगलले पोल्याण्डमाथि शानदार जित हासिल गरेको छ । गए राति सम्पन्न खेलमा पोर्चुगलले पोल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा बेर्नार्डो सिल्भा र क्रिस्टियानो रोनाल्डोले एक–एक गोल गरेका थिए, भने एक गोल पोल्याण्डका जान बेडनारेकले आत्मघाती गोल गरेका थिए । त्यस्तै, पोल्याण्डका लागि एक गोल पिओट जिएलिन्सकीले गरेका थिए ।

यो जितपछि पोर्चुगलले नेसन्स लिग ‘ए’ को समूह एकमा ३ खेलमा तीनै जित हासिल गर्दै ९ अंक बनाएको छ र समूहमा शीर्ष स्थानमा छ । त्यस्तै, पोल्याण्डले भने ३ खेलमा ३ अंक बनाएको छ र समूहमा तेस्रो स्थानमा छ । अब पोर्चुगलले अर्को खेल स्कटल्याण्डविरुद्ध अक्टोबर १६ मा खेल्ने तालिका छ भने पोल्याण्डले पनि अक्टोबर १६ मा क्रोएसियाको सामना गर्नेछ ।

Comments

सम्बन्धित खवर