इरान–इजरायलबीच तनाव, कच्चा तेलको मूल्य बढ्यो
- आश्विन १६, २०८१ मा प्रकाशित
एजेन्सी । इरानले इजरायलमा मिसाइल हमला गरेपछि कच्चा तेलको मूल्य बढेको छ । यो हमलापछि मध्यपूर्वमा थप द्वन्द्वको डर बढेको छ । इरान र इजरायलको युद्ध चर्किएमा तेल आपूर्ति पनि प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ ।
ब्रेन्ट कच्चा तेलको मूल्यको लागि अन्तर्राष्ट्रिय बेन्चमार्क हो । मंगलबारदेखि आजसम्म अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ६ प्रतिशतले बढिसकेको छ । अहिले कच्चा तेलको मूल्य प्रति ब्यारेल ७४.४० डलर पुगेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
अमेरिकी ऊर्जा सूचना प्रशासनकाअनुसार इरान विश्वको सातौं ठूलो तेल उत्पादक देश हो । यो तेल उत्पादक देशहरूको समूह ओपेक (तेल निर्यात गर्ने देशहरूको संगठन)को तेस्रो ठूलो सदस्य पनि हो । यस क्षेत्रमा कुनै पनि प्रकारको सैन्य द्वन्द्वले स्ट्रेट अफ हर्मुज हुँदै व्यापारलाई असर गर्न सक्ने व्यापारीहरूबीच चिन्ता बढेको छ ।
स्ट्रेट अफ हर्मुज ओमान र इरानको बीचमा अवस्थित छ । यो अन्तर्राष्ट्रिय तेल व्यापारको लागि महत्त्वपूर्ण छ र विश्वको तेल व्यापारको २० प्रतिशत यहाँबाट हुन्छ । ओपेकका अन्य सदस्य राष्ट्रहरू साउदी अरेबिया, युएई, कुवेत र इराकले पनि तेल निर्यातका लागि यही मार्ग प्रयोग गर्छन् ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments