•  ६ कार्तिक २०८१, मंगलवार
  •  11:16:18 PM

पाथीभरा स्कुलमा विद्यार्थीको प्रयोगात्मक अभ्यासहरुको एक्जीबेसन समपन्न

- आश्विन ७, २०८१ मा प्रकाशित



इटहरी । पाथिभरा सेकेण्डरी स्कुललले शैक्षिक तथा अतिरिक्त क्रियाकलाप अन्तरगत विद्यार्थीको प्रयोगात्मक अभ्यासहरुको एक्जीबेसन समपन्न गरेको छ ।

कक्षा ६ मा अध्यनरत विद्यार्थीलाई लक्षित गरी पाथिभरा सेकेण्डरी स्कुलले पहिलो पटक कारखाना सायन्स सञ्चालन गरिरहेको र विद्यार्थीले आफना अभिभावकहरुकै उपस्थितीमा साइन्सको अभ्यासको प्रर्दशन गरेका थिए ।

आफना छोराछोरीले विद्यालयमा गरेको साइन्स विषयको प्रयोगात्मक अभ्यासको  विद्यार्थीहरु आफैले अभिभावकहरुले हेर्न पाउदा दगं भएका छन ।

कतिपय अभिभावकहरुले आफुहरुले पढ्ने समयमा अन्दाजको भरमा पढ्नु परेको र अहिले आफना नानी बाबुहरुले साइन्स किटको माध्यमबाट अभ्यास गरेको सामाग्रीहरु प्रत्यक्ष हेर्न पाउदा खुसी लागेको अभिभावकहरुले बताएका छन् । WhatsApp Image 2024-09-21 at 14.56.48 (2)

विद्यार्थीलाई अझ धेरै वुझाउन सकियोस भनेर कारखाना साइन्स सञ्चालनमा ल्याइएको र विद्यार्थीले पहिलेको तुलनामा अहिले अझै धेरै राम्रोसंग वुझने गरेको साइन्स टिचर शंकर खड्काले जानकारी दिए ।

विद्यालयमा शैक्षिक तथा अतिरिक्त क्रियाकलाप साथै नयाँ नयाँ शैक्षिक शुत्रका रुपमा प्याक्टिकल गर्दै सहज रुपमा विद्यार्थीले वुझ्ने विधीहरु पनि अपनाउन थालिएको पाथिभरा सेकेण्डरी स्कुलका प्रधानध्यापक डाक्टर गोपाल नेवार श्रेष्ठ बताए । WhatsApp Image 2024-09-21 at 14.56.49

त्यस्तै साइन्स एक्जीबेसनमा कारखानाका इभेन्ट कोडिनेटर सम्यकराज भण्डारी र अमन बज्रचार्यले विद्यार्थीहरुलाई साइन्स कारखाना बक्समा भएका सामाग्रीहरुको प्रयोगात्मक अभ्यास गराएका थिए । WhatsApp Image 2024-09-21 at 14.56.47

स्कुलले समय अनुकुल विद्यार्थीहरुको सिकाइका लागि प्रविधियुक्त कक्षाहरु सञ्चालन गरिदै आएको र पठन संस्कृति, सिप शिक्षा, आध्यात्मिक साधन ज्ञान , लगायतका कार्यक्रमहरु संचालन गर्दै आएको पाथिभरा सेकेण्डरी स्कुल व्यवस्थापन समितिका अध्यक्ष निर्मल कुमार रिजालले जानकारी दिए ।

Comments

सम्बन्धित खवर