•  ६ मंसिर २०८१, बिहीबार
  •  4:53:40 PM

बेइजिङमा राष्ट्रपति सी चिनफिङ सामु किन रोए मलेसियाका राजा ?

- आश्विन ६, २०८१ मा प्रकाशित



एजेन्सी । मलेसियाका राजा सुल्तान इब्राहिम चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा भावुक बनेका छन् ।चार दिने चीन भ्रमणका क्रममा शुक्रबार बेइजिङमा भएको यो भेटघाटमा राजा सुल्तानले आफ्नो भावुकताको क्षण सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।

भेटवार्तामा राजाका छोरा टुंकु अब्दुल जलीलको स्वास्थ्य अवस्थाबारे कुरा भएको थियो । सन् २०१४ मा राजकुमार जलीलको चीनमा कलेजो प्रत्यारोपण गरिएको थियो । मलेसियाका मन्त्री एन्गा कोरमिङका अनुसार छोराको उपचारमा चीनले पुर्‍याएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै राजा भावुक बनेका हुन् ।

‘शल्यक्रिया सफल भए पनि राजकुमार अझै पूर्णरूपमा स्वस्थ हुन सक्नु भएको छैन’, मन्त्री कोरमिङले अखबार द स्टारलाई भने, ‘सोही विषयमा कुरा हुँदा राजाले आँशु थाम्न सक्नु भएन ।’ राजा सुल्तानको भावुक प्रतिक्रियाले चीनको चिकित्सा सहायताप्रति मलेसियाको आभार र दुई देशबीचको गहिरो सम्बन्धलाई उजागर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन् ।

Comments

सम्बन्धित खवर