बंगलादेशमा बाढीका कारण १३ जनाको मृत्यु, ४५ लाख प्रभावित
- भाद्र ८, २०८१ मा प्रकाशित
बङ्गलादेश । बङ्गलादेशमा भारी वर्षापछि आएको बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै ४५ लाख मानिसहरू प्रभावित भएको विपद् व्यवस्थापन तथा राहत मन्त्रालयले शुक्रबार जनाएको छ ।
‘ग्लोबल क्लाइमेट रिस्क इन्डेक्स’का अनुसार बङ्गलादेश प्रकोप र जलवायु परिवर्तनको सबैभन्दा जोखिममा रहेका देशमध्ये एक हो । करिब सत्र करोड जनसङ्ख्या भएको दक्षिण एसियाली राष्ट्र बङ्गलादेशका सयौं नदीमा पछिल्लो समयमा बारम्बार बाढी आएको छ ।
विपद् मन्त्रालयको शुक्रबारको बुलेटिनमा प्रभावित तथा मृतकको पुष्टि गरेको हो । बुलेटिनअनुसार लगभग एक लाख ९० हजार प्रभावितहरूलाई आपतकालीन राहत शिविरमा राखिएको छ । बङ्गलादेशका ६४ जिल्लामध्ये ११ जिल्ला बाढीबाट प्रभावित भएको विपद् मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको बुलेटिनमा उल्लेख भएअनुसार चितागङको मुख्य बन्दरगाह सहरबाट करिब एक सय किलोमिटर उत्तरपश्चिममा रहेको फेनी बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ । बाढीले विनाशकारी अवस्था निम्त्याएको बताउँदै उद्धारकर्मी जाहिद हुसेन भुयाले फेनीमा मानिसहरूलाई बचाउन अथक प्रयास गरिरहेको बताएका छन् ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments