•  ३ आश्विन २०८१, बिहीबार
  •  5:42:03 AM

इटहरीकाे बिपी चाैकमा पञ्चकाेशीकाे नयाँ शाखा , यस्ताे छ सेवा सुविधा

- भाद्र ३, २०८१ मा प्रकाशित



इटहरी । बढ्दो सहरीकरण संगै नागरिकको स्वाथ्यलाई मध्यजार गर्दै पञ्चकोशी हेल्थ सर्भिस सेन्टर प्रा.लिले इटहरीमा शाखा विस्तार गरेको छ ।२०६३ सालमा इटहरी चोक पश्चिाम लाईनमा सुरु गरेको पञ्चकोशी हेल्थ सर्भिस सेन्टरको सफलता पछी इटहरीको विपी चोकमा शाखा उद्घाटन गरेको हो ।

सेन्टरले विषेश गरी महिलाहरुको छाला,सौदर्य सम्बन्धी अत्याधुनिक प्रविधि बाट सम्पुर्ण उपचार गराइने ,स्पाइनल सर्जन तथा विशेषज्ञ डाक्टरहरु द्धारा प्रत्येक दिन सेवा प्रदान गर्ने छ ।विपी चोक क्षेत्रमा बढ्दो बजारिकरणलाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धी सेवा प्रदान गर्ने उदेश्यले यो शाखा विस्तार गरिएको पञ्चकोशी हेल्थ सर्भिस सेन्टरका संचालक नविन गौतमले बताए ।

उद्घाटनको अवसरमा एक हप्ता सम्म सेवाग्राहीहरुका लगी २५ प्रतिसन छुट दिने पनी संचालक गौतमले जानकारी गराए ।यस हेल्थ सर्भिस सेन्टरमा एक्सरे,भिडियो एक्सरे,स्कीन टेष्ट लगायतको अत्याधुनिक प्रविधिको ल्याबका विशेषज्ञद्धारा परिक्षण गराइने छ ।शाखाको औषधी ब्यवसायी संघ कोशी प्रदेश अध्यक्ष कुमार खतिवडाले एक कार्यक्रम विच रिवन काटेर उद्घाटन गरेका थिए ।उद्घाटन कार्यक्रममा रोटरी क्लब इटहरीका पुर्व अध्यक्षहरु लक्ष्मी धिताल,संयोग पराजुली,ब्यवसायी देबु निरौला लगायतको सहभागितामा उद्घाटन गरिएको थियो ।

Comments

सम्बन्धित खवर