•  ४ आश्विन २०८१, शुक्रबार
  •  5:56:32 AM

साफ यू–२० च्याम्पियनसिपः आज भारत र भुटान भिड्दै

- भाद्र ३, २०८१ मा प्रकाशित



इटहरी । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत आज सोमबार भारत र भुटान भिड्दैछन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ।

समूह बी मा रहेको भारत र भुटानले खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछन्। यी टोलीसँगै समू बी मा मालदिभ्स पनि छ।

आइतबार भएको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियनसिपको सुरुवात गरेको छ।समूह ए मा नेपाल र श्रीलंकासँगै बंगलादेश छ। समुहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

Comments

सम्बन्धित खवर