•  ४ आश्विन २०८१, शुक्रबार
  •  9:49:09 AM

इटहरीकाे रिलायन्स अगाडी दुर्घटना , ६५ वर्षीय रामप्रसाद घिमिरेको मृत्यु ,कार चलाउने इटहरीका पुर्णबहादुर कार्की फरार

- श्रावण ३१, २०८१ मा प्रकाशित



इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका-१२ खनारमा साइकल यात्रीलाइ ठक्कर दिदा घाइते भएका रामप्रसाद घिमिरेको उपचारकाे क्रममा बुधबार राती मृत्यु भएकाे छ । इटहरी-१२ स्थित रिलायन्सकाे गेट अगाडि भएकाे दुर्घटनामा साइकल यात्री घिमिरेलाइ विराटनगरबाट इटहरीतर्फ आउदै गरेकाे प्र१-०१-००१च ७६५५ नंकाे कारले ठक्कर दिएकाे थियाे । ठक्करपछि घाइते घिमिरेलाइ कार चालक इटहरी निवासी पूर्णबहादुर कार्की आफैले विराटनगरस्थित विराट नर्सिङ होम पुर्याएका थिए ।

अस्पताल पुर्याएकाे केहि समय पछि घिमिरेकाे मृत्यु भएकाे थियाे । घटना पछि कार चालक कार्की आइहाल्छु भनेर हिडेका थिए । अस्पतालमा बिरामी भर्ना गराएर फरार कार चालक कार्की सम्पर्कमा नअाएपछि खाेजी कार्य तिब्र बनाइएकाे इटहरी प्रहरीले जनाएकाे छ । घिमिरेलाइ फ्याक्ट्रीबाट बाटाे काट्ने क्रममा साे कारले ठक्कर दिइएकाे र कार तिब्र गतीमा रहेकाे प्रत्यक्षदर्शीहरूले बताएका छन ।

Comments

सम्बन्धित खवर