•  ४ आश्विन २०८१, शुक्रबार
  •  9:32:48 AM

शेख हसिनाका सल्लाहकार र कानुन मन्त्रीलाई समातेर थुनियो

- श्रावण ३१, २०८१ मा प्रकाशित



एजेन्सी ।  बंगलादेशका पूर्वकानुन मन्त्री र पूर्व प्रधानमन्त्री शेख हसिनाका सल्लाहकारलाई १० दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । बंगलादेशका पूर्व कानुन मन्त्री अनीसुल हक र पूर्व प्रधानमन्त्री हसिनाका निजी उद्योग र लगानी सल्लाहकार सलमान एफ रहमानलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको बीबीसीले उल्लेख गरेको छ ।

दुबैलाई ढाकाको न्यू मार्केट एरियाका एक व्यापारी शाहजहाँ अलीको हत्याको आरोपमा बुधवार चीफ मेट्रोपोलिटन मजिस्ट्रेटको अदालतमा पेस गरिएको थियो । अदालतले प्रहरीले मागे अनुसार १० दिनको पुलिस रिमाण्डमा पठाउन आदेश दिएको हो ।

Comments

सम्बन्धित खवर