•  ४ आश्विन २०८१, शुक्रबार
  •  10:11:14 AM

दुहबीकाे छाला उद्याेगले दुर्गन्ध बढाएकाे भन्दै स्थानीय आन्दाेलित , समस्या सामधान नगरे तालावन्दीकाे चेतावनी

- श्रावण ३०, २०८१ मा प्रकाशित



इटहरी । सुनसरीको दुहबी नगरपालिका ६स्थित युनाइटेड टेयारिन प्रा.लि. र एसियन लेदर उद्योगले जनस्वास्थ्य मापदण्ड उल्लंघन गरेको भन्दै स्थानीयहरू विरोध गरेका छन्। उद्योगहरूले रसायनयुक्त हानीकारक पानी बस्तीमा फाल्दा दुर्गन्ध फैलिएको छ, जसले गर्दा श्वासप्रश्वास सम्बन्धी रोगहरूको जोखिम बढेको भन्दै स्थानीयहरूले विराेध जनाएका हुन । स्थानीयहरू यस समस्याबाट हैरान भएकाे र यस्ता उद्योगहरू सराेकारवालले अनुगमन गरी तत्काल बन्द गर्न माग गरेका छन ।

मंगलबार स्थानीयले उद्योगको गेटमा उभिएर विरोध प्रदर्शन समेत गरेका छन । उनीहरूले उद्योगबाट निस्किने प्रदूषित पानीले केशलिया खोलालाई समेत प्रदूषित बनाएको आरोप लगाएका छन्। दुर्गन्ध र प्रदूषणका कारण बालबालिका र वृद्धवृद्धाहरूमा छाला रोग र अन्य स्वास्थ्य समस्याहरू बढ्दै गइरहेको स्थानीयहरूको भनाइ छ।

स्थानीय बासिन्दाहरूले पटक–पटक विभिन्न निकायमा उजुरी दिएकाे भए पनि कुनै प्रभावकारी कारबाही नभएको गुनासो गरेका छन्। दुहबी ६ का वडाध्यक्ष घनश्याम हलुवाईका अनुसार, उद्योगले २०७९ साउनमा पानी प्रशोधन प्लान्ट स्थापना गर्ने, वृक्षारोपण गर्ने, र फोहोर व्यवस्थापन गर्ने सहमति गरेको थियो। तर, उद्योगले ती सहमतिहरू कार्यान्वयन नगरेको आरोप छ।

स्थानीयहरूले सात दिन भित्र समस्या समाधान गर्न चेतावनी दिएका छन्। यदि समस्या समाधान नभए उद्योगमा तालाबन्दी गर्ने र अन्य चरणबद्ध आन्दोलन थाल्ने चेतावनी दिएका छन्। यसका लागि स्थानीयहरूले छाला उद्योग पीडित संघर्ष समिति समेत गठन गरेका छन्, जसले स्थानीय बासिन्दाहरूको आवाजलाई सशक्त बनाउँदै अगाडि बढ्ने योजना बनाएको छ।२०६२ सालमा दर्ता रहेको उद्योग बिच बिचमा बन्द हुँदै सञ्चालन भइरहेको छ । विगतमा पनि मापदण्ड विपरीत सञ्चालन गरेको भन्दै उद्योगलाई पटक पटक जरिवाना गरिसकिएको छ

Comments

सम्बन्धित खवर