श्रीलङ्काविरुद्धको टी–२० सिरिजमा भारतको ‘क्लिन स्विप’
- श्रावण १६, २०८१ मा प्रकाशित
एजेन्सी । श्रीलङ्काविरुद्धको तीन खेलको टी–२० सिरिज भारतले ‘क्लिन स्विप’ गरेको छ । मङ्गलवार भएको तेस्रो टी–२० खेलमा सुपर ओभरमा जित हात पार्दै भारतले सिरिजमाथि क्लिन स्विप गरेको हो ।
श्रीलङ्काको पल्लेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको भारतीय टीमले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३७ रन बनायो । १३८ रनको लक्ष्यसहित मैदान उत्रेको घरेलु टीम श्रीलङ्काले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १३७ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा श्रीलङ्काले २ विकेट गुमाएर जम्मा २ रनको लक्ष्य भारतसमक्ष प्रस्तुत गर्यो । जुन भारतीय टीमका कप्तान सूर्यकुमार यादवले मात्र १ बलमै पूरा गरेर सिरिज आफ्नो नाममा गराए । भारतले यसअघि पहिलो खेलमा श्रीलङ्कालाई ९ र दोस्रो खेलमा ७ विकेटले हराएको थियो ।
सम्बन्धित खवर
-
ताजा भाद्र ३१, २०८१माओवादीले सदन अवरोध खोल्यो, प्रतिनिधि सभा बैठक सुचारु
-
ताजा भाद्र ३१, २०८१‘प्रचण्ड’ लाई हत्यारा भन्ने चार जना चन्द्रगढी विमानस्थलबाट पक्राउ
-
ताजा भाद्र ३१, २०८१झापाकाे धानबालीमा देखियो ‘सिथ ब्लाइट’
-
ताजा भाद्र ३१, २०८१२०८२ मा भेट्ने वाचा सहित सकीयाे कटहरीमा कृषी एक्सपाे : एक लाखले गरे अवलाेकन
-
ताजा भाद्र ३१, २०८१ललितपुरबाट एक हजारका ११५ थान नक्कली नोटसहित युवक पक्राउ
Comments