•  ६ मंसिर २०८१, बिहीबार
  •  8:24:34 PM

पेरिस ओलम्पिकमा भारतलाई दोस्रो पदक, मनुले बनाइन् इतिहास

- श्रावण १५, २०८१ मा प्रकाशित



काठमाडौं ।जारी पेरिस ओलम्पिकमा भारतले दोस्रो काँस्य पदक जितेको छ । भारतका मनु भाकर र सरबजोत सिंहले १० मिटर एयर पेस्तोल मिक्स टिममा काँस्य पदक जितेका हुन् ।

मनु र सरबजोतको टिमले दक्षिण कोरियाको ओ ये जिन र ली वून्होलाई १६–१० ले पराजित गर्दै कांस्य पदक जितेका हुन् । यसअघि मनु भाकरले  १० मिटर एयर पेस्तोलमै काँस्य पदक जितेकी थिइन् । पहिलो काँस्य पदक जितेर उनी भारतको ओलम्पिक इतिहासमा शुटिंगमा मेडल जित्ने पहिलो खेलाडी बनेकी थिइन् ।

यसका साथै मनु ओलम्पिकको इतिहासमा एकै ओलम्पिकमा दुई मेडल जित्ने पहिलो भारतीय खेलाडी समेत बनेकी छन् । यसअघि भारतका लागि पहलवान शुशील कुमार र ब्याडमिन्टन खेलाडी पीभी सिन्धुले दुई ओलम्पिक पदक जितेपनि उनीहरुले अलग अलग ओलम्पिकमा जितेका थिए ।

 

Comments

सम्बन्धित खवर