ताप्लेजुङमा मध्यरात भूकम्पको धक्का
- श्रावण १३, २०८१ मा प्रकाशित
ताप्लेजुङ । ताप्लेजुङ केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ।ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको खेजेनिम आसपास केन्द्रबिन्दु भएर शनिबार राति १० बजेर १३ मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले गएराति ताप्लेजुङ केन्द्रबिन्दु भएर गएको भूकम्प सामान्य खालको भएको बताए।भूकम्पको धक्का ताप्लेजुङसँगै आसपासका अन्य जिल्लामा पनि महसुस गरिएको थियो। गएको असार २६ गते पनि फक्ताङलुङ आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
२०६८ साल असोज १ गते साँझ फक्ताङलुङ नै केन्द्रबिन्दु भएर ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यो भूकम्पमा परेर १ सय ११ को मृत्यु भएको थियो भने २ सयभन्दा धेरै घाइते भएका थिए।धेरै भौतिक संरचना भूकम्पले लडाएको थियो। गएराति भूकम्प जाँदा स्थानीय त्रसित भएर घर बाहिर निस्किएका थिए।
सम्बन्धित खवर
-
ताजा आश्विन २, २०८१प्रचण्डको दावी : देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्
-
ताजा आश्विन २, २०८१रास्वपाले आज महाधिवेशनको मिति र ठाउँको टुङ्गो लगाउने
-
ताजा आश्विन २, २०८१इटहरी २१ करोडको लागतमा आधुनिक सभा हल निर्माण सुरु
-
ताजा आश्विन २, २०८१पश्चगामी सोंचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैन : राष्ट्रिय सभा अध्यक्ष
-
ताजा आश्विन २, २०८१रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई, पाँच दिनअघि मात्र जितेका थिए उपाधि
Comments