•  २२ भाद्र २०८१, शनिबार
  •  5:18:52 AM

महिला सञ्जाल इटहरीले बाड्याे कैदिवन्दिहरूलाई जिवन उपयाेगी पुस्तक (तस्विरहरू सहित )

- श्रावण १०, २०८१ मा प्रकाशित



इटहरी । इटहरी सुनसरीकाे इटहरीस्थित महिला सञ्जालले झुम्का कारागारका कैदिवन्दिहरूलाइ जिवन उपयाेगी पुस्तक बितरण गरेकाे छ । कारागारमा कैदि जिवन बिताइसकेपछि समाजमा सकारात्मक उर्जा सहित सामाजिक उत्तरदायी बहन गर्न उत्प्रेरणा मिलाेस भन्ने उद्येश्य सहित जिवन बदल्न सक्ने उपयाेगी पुस्तक बितरण गरिएकाे महिला सञ्जाल इटहरीकि अध्यक्ष याेसा गुरागाइले बताइन ।

कारागारमा रहेका १६२१ जना कैदिवन्दिहरूलाइ बरिस्ठ साहित्यकारहरु द्वारा लिखित पुस्तक ,श्रीमदभागवत ,योग ,उपन्यास ,कथा ,कबिता लगायतका पुस्तकहरू बितरण गरिएकाे अध्यक्ष गुरागाइले बताइन ।

कारागारका कैदिवन्दिहरूलाइ सकारात्मक उर्जा प्रदान गर्न र कारागारबाट घर फर्किसकेपछि समाजमा पुनस्थापना हुन सकारात्मक उर्जा सहित रास्ट्र प्रतीको दायित्व बहन गर्दै जिवन भरी असल कर्ममा मन जाओस भन्ने उदेश्य का साथ साे पुस्तक बितरण गरिएकाे माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले बताइन ।कारागारमा पुस्तक बितरण संगै त्यहाका कैदिवन्दिहरूकाे अवस्था बारे पनि जानकारी लिइएकाे थियाे ।

Comments

सम्बन्धित खवर