•  २२ भाद्र २०८१, शनिबार
  •  5:41:55 AM

एक वर्षमा एक लाख १२ हजार भन्दा बढी विद्यार्थीले लिए एनओसी

- श्रावण ८, २०८१ मा प्रकाशित



इटहरी । गत आर्थिक वर्ष २०८०/०८१ मा एक लाख १२ हजार भन्दा बढी विद्यार्थी अध्ययनका लागि विदेश गएका छन् ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) शाखाको तथ्याङ्क अनुसार एक वर्षमा एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएका हुन् ।

२०८० साउन १ गतेदेखि २०८१ असार ३१ गतेसम्म उक्त सङ्ख्यामा एनओसी जारी भएको हो ।नेपालीहरूले विभिन्न ६६ देशमा अध्ययन गर्न जान एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएका छन् । भने ९४ विषय अध्ययनका लागि एक लाख १२ हजार २६९ जनाले एनओसी लिएका छन् । नयाँ एनओसी जारी गर्दा पुरानो एनओसी पत्र रद्द हुने भएकाले देशगत र विषयगत तथ्याङ्क फरक पर्न गएको एनओसी शाखाले जनाएको छ ।

त्यसरी अध्ययनका लागि सबैभन्दा बढी जापान गएका छन् । जापानका लागि ३४ हजार ७३१ विद्यार्थीले एनओसी लिएका छन् । त्यस्तै दोस्रोमा क्यानडाका लागि रहेका छन् । क्यानडाका लागि १५ हजार ९८२ जनाले एनओसी लिएका छन् ।

त्यस्तै अस्ट्रेलियाका लागि १४,३७२, युकेका लागि १३,३३९, अमेरिकाका लागि ११,२६१ जना, कोरियाका लागि ६,८८९ जनाले एनओसी लिएका छन् ।सबैभन्दा बढी जापानिज भाषा पढ्नका लागि एनओसी लिएका छन् । जसमा ३३ हजार ६९७ एनओसी जारी भएका छन् । त्यस्तै म्यानेजमेन्टका लागि २८,८९१, बिजनेसका लागि १०,०२९, हेल्थ पढ्नका लागि ४,१५९, साइन्स एन्ड टेक्नोलोजी पढ्न ४१०२ एनओसी जारी भएका छन् ।

Comments

सम्बन्धित खवर