•  २३ भाद्र २०८१, आईतवार
  •  8:16:49 AM

ओसामा बिन लादेनको ‘नजिकका सहयोगी’ पक्राउ

- श्रावण ५, २०८१ मा प्रकाशित



एजेन्सी । अल कायदाका संस्थापक एवम् सेप्टेम्बर हमलाका प्रमुख योजनाकर्ता ओसामा बिन लादेनको ‘नजिकका सहयोगी’ लाई पक्राउ गरेको पाकिस्तानी अधिकारीहरूले शुक्रबार बताएका छन् ।

पञ्जाबको सबैभन्दा बढी जनसंख्या भएको प्रान्तका आतंकवाद विरोधी अधिकारीहरूले विध्वंशकारी गतिविधिहरूको योजना बनाएको र देशका महत्वपूर्ण प्रतिष्ठानहरूलाई लक्षित आक्रमण गर्न खोजेको आरोपमा गुजरात सहरबाट अमिन उल–हकलाई पक्राउ गरेका हुन् ।

‘अमिन उल–हकको गिरफ्तारी पाकिस्तान साथै विश्वभर आतंकवादसँग लड्न जारी प्रयासहरूमा ठुलो विजय हो,’ पञ्जाबको आतंकवाद विरोधी विभागको एक विज्ञप्तिमा भनिएको छ । ‘उनलाई संयुक्त राज्य अमेरिका, युरोपेली संघ र संयुक्त राष्ट्रसंघले अल–कायदा र बिन लादेनको सहयोगीको रूपमा सूचीबद्ध गरेको थियो,’ पञ्जाबको आतंकवाद विरोधी विभागका प्रमुख उस्मान अकरम गोनादालले पत्रकार सम्मेलनमा भने ।

अफगानिस्तानबाट पश्चिमी नाटो सेना फिर्ता भएपछि उनी फेरि देखा परेका थिए । उनले अगस्टमा अफगानिस्तानको भ्रमण गरेर अल–कायदाको पुनर्गठन गर्ने प्रयास सुरु गरेका थिए । नाटो समर्थित अमेरिकी सेनाले सेप्टेम्बर ११ को आक्रमणमा संलग्न अल–कायदाका लडाकुहरूलाई हस्तान्तरण गर्न अस्वीकार गरेको भन्दै सन् २००१ मा तालिबानको पहिलो शासनलाई अपदस्थ गरेको थियो ।

आक्रमणका प्रमुख योजनाकर्ता बिन लादेन पछि पाकिस्तानमा बसेको पत्ता लागेको थियो र उनको सन् २०११ मा अमेरिकी कारबाहीमा गोली लागि मृत्यु भएको थियो । तालिबानले अफगानिस्तानमा दुई दशक लामो लडाइँपछि अमेरिकालगायत उसका सहयोगी मुलुकको समर्थन प्राप्त सरकारलाई विस्थापित गरेर सन् २०२१ मा सत्ता फिर्ता लिएको छ ।

Comments

सम्बन्धित खवर