•  २३ भाद्र २०८१, आईतवार
  •  7:09:59 AM

महिला एशिया कप : पाकिस्तानमाथि भारत सात विकेटले विजयी

- श्रावण ५, २०८१ मा प्रकाशित



इटहरी । जारी महिला एशिया कपमा भारतले विजयी शुरुवात गरेको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । पाकिस्तानले दिएको १०९ रनको लक्ष्य पछाएको भारतले १४.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि पाकिस्तानले १९.२ ओभरमा अल आउट हुँदै केवल १०८ रन बनाएको थियो । यसअघि शुक्रबार नै सम्पन्न समूह अन्तर्गतको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको थियो । अब भारतले अर्को खेल आइतबार यूएईसँग खेल्ने छ भने आइतबार नै पाकिस्तानले नेपालसँग खेल्ने छ ।

Comments

सम्बन्धित खवर