•  २३ भाद्र २०८१, आईतवार
  •  6:38:17 AM

नेपाल टेलिकम वर्कर्स युनियनको ३३ औं वार्षिक उत्सव माया घरका छोराछोरीसँग

- श्रावण ४, २०८१ मा प्रकाशित



इटहरी ४ साउनः नेपाल टेलिकम वर्कर्स युनियनको ३३ औं वार्षिक उत्सवका अवसरमा इटहरी स्थित माया घर नेपालमा आश्रित छोराछोरीका लागि खाद्यान्न सामाग्री तथा अन्य उपयोगी सामाग्री प्रदान गरिएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी सो सामाग्री प्रदान गरिएको हो । संस्थाका अध्यक्ष हेमचन्द्र भण्डारी, कोशी प्रदेशका निर्देशक लक्ष्मण महर्जन, सचिव प्रकाशकुमार सापकोटा लगायत युनियनसँग आवद्ध कर्मचारीको सहभागिता रहेको थियो । सो अवसरमा माया घर नेपाललाई खाद्यान्न सामाग्रीसहित २ थान पंखा, साबुन, सरफ, तेल, सेम्फो लगायतका सामाग्री प्रदान गरेका थिए ।


सडक मानव तथा हिंसा पिडितहरुको उद्धार, संरक्षण र पुर्नस्थापना गर्दै आएको माया घर नेपालमा हाल एक सय ४० जनाले आश्रय लिँदै आएको संस्थाको अध्यक्ष शुभद्रा प्याकुरेल सुवेदीले बताइन् । संस्था मार्फत ६ हजार भन्दा बढी आश्रितको पुर्नस्थापना गरिएको पनि संस्थाले जनाएको छ ।

Comments

सम्बन्धित खवर