•  २२ भाद्र २०८१, शनिबार
  •  5:33:49 AM

एड्यूटेक कलेजका १५० विद्यार्थीहरुसंग सामाजिक आर्थिक स्वतन्त्रता विषयमा सेमिनार सम्पन्न

- श्रावण ४, २०८१ मा प्रकाशित



इटहरी । लियो क्लब अफ इटहरी इनोभेसनको आयोजनामा एड्यूटेक कलेजका १५० विद्यार्थीहरुसंग सामाजिक आर्थिक स्वतन्त्रता विषयमा एक दिने सेमिनार कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा भारतीय अर्थविद्  राजेश सिंहले उपस्थित बिद्यार्थीहरूलाइ सहजिकरण गरेका थिए ।

कार्यक्रममा १५० भन्दा बढी बिद्यार्थी संगै इटहरी क्षेत्रका सामाजिक संघ संस्थाका प्रतिनिधि , लायन्स क्लब अफ इटहरीका प्रतिनिधी , शिक्षक ,पत्रकार लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रम लियाे क्लब अफ इटहरी इन्नाेभेसनकि अध्यक्ष प्रतीमा खडकाकाे सभापतित्वमा सम्पनन भएकाे थियाे ।

कार्यक्रममा अमूर्त सुनसरीकी अध्यक्ष एवं विराट मेडिकल कलेजकी प्रोफेसर डा तारा काफले, लियो ड्रिस्ट्रिक्ट ३२५ सी का उपाध्यक्षलगायत समितिका प्रतिनिधि, लायन्स क्लब अफ इटहरी इनोभेसनका अध्यक्ष, लियो क्लब अफ इटहरी एक्टिवका एडवाइजरी कमिटीका सदस्य युबराज काफले, लायन्स क्लब अफ इटहरी मनकमानाकी सचिव एवं हेलसी महादेव प्रा. ली की डाइरेक्टर विजया प्याकुरेल , लियो क्लब अफ इटहरी मनकमानाकी अध्यक्ष प्रतिभा अधिकारीलगायतको उपस्थिति रहको थियो ।

 

Comments

सम्बन्धित खवर