•  २३ भाद्र २०८१, आईतवार
  •  8:15:06 AM

बैंककको होटलमा ६ भियतनामीको शव फेला, विष खुवाइएको आशंका

- श्रावण २, २०८१ मा प्रकाशित



एजेन्सी । थाइल्याण्डको राजधानी बैङ्ककको एक लक्जरी होटलको कोठामा मंगलबार  ६ भियतनामी नागरिक मृत भेटिएका छन् । ग्राण्ड हयात इरावन होटलमा भएको घटनामा ज्यान गुमाएका दुई जनासँग दोहोरो अमेरिकी नागरिकता समेत रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई विष खुवाइएको आशंका गरेको छ ।

बैंककको मेट्रोपोलिटन प्रहरी ब्युरो प्रमुख थिति साङसावाङका अनुसार प्रारम्भिक अनुसन्धानमा लडाइँ वा चोरीसँग सम्बन्धित चोटको कुनै संकेत पाइएको छैन । उनले सबैले विषाक्त पदार्थ सेवन गरेको हुनसक्ने अनुमान गरे । ‘हामीलाई उद्देश्य पत्ता लगाउन आवश्यक छ’ उनले भने, ‘उनीहरूले आत्महत्या गरेको नभई अन्यको हत्याबाट मरेको हुनसक्छ ।’

प्रहरीले दिउँसो साढे ४ बजे सूचना पाएको थियो । केही समयपछि प्रधानमन्त्री श्रेथा थाभिसिन घटनास्थलमा पुगेका थिए उनले यो घटनामा सातौँ भियतनामी संलग्न रहेको आशंका गरे । ‘संघर्षको कुनै संकेत थिएन’, होटलमा आयोजित पत्रकार सम्मेलनमा श्रेथाले भने, ‘उनीहरूले केही खाएका थिए कि भन्नेबारे शव परीक्षणबाट पत्ता लाग्नेछ ।’

Comments

सम्बन्धित खवर