वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, कुन बैंकको कति ?
- श्रावण २, २०८१ मा प्रकाशित
इटहरी । नयाँ आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाका लागि वाणिज्य बैंकहरूले मुद्दती ब्याजदर सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरूले आजदेखि लागू हुनेगरी साउन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका हुन् ।
वाणिज्य बैंकहरुले असारमा औसत ६.८८ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर साउनमा ०.१४ प्रतिशतले घटाएर ६.७४ प्रतिशतमा झारेका छन् ।
हरेक महिना मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतसम्म परिवर्तन गर्न पाउने व्यवस्था अनुसार बैंकहरूले ब्याजदर समायोजन गरेका हुन्।
साउन महिनाका लागि २० वाणिज्य बैंकहरूमध्ये १३ बैंकले ब्याजदर घटेका छन् भने, दुई बैंकले बढाएका छन् । त्यस्तै, ५ बैंकले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
साउन महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर
साउन महिनाका लागि मुद्दतीमा कृषि विकास बैंकले ६.२९, एभरेस्ट बैंकले ६.३, राष्ट्रिय वाणिज्य बैंकले ६.२१, नेपाल एसबीआई बैंकले ६.३ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
त्यस्तै, लक्ष्मी सनराइज बैंकले ६.५, ग्लोबल आईएमई बैंकले ६.२५, कुमारी बैंकले ६.७१, प्राइम कर्मसियल बैंकले ६.५, नेपाल बैंकले ६.२५, सानिमा बैंकले ६.४ प्रतिशत ब्याजदर साउन महिनाका लागि तोकेका छन् ।
त्यसै गरी एनईमबी बैंकले ७.५३, एनआईसी एसिया बैंकले ७.५३, हिमालयन बैंकले ७.५ प्रतिशत, सिटिजन्सले ६.७५ प्रतिशत, नबिल बैंकले ७ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले ७, सिद्धार्थ बैंकले ६.७५, स्टान्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशत, माछापुच्छ्रे बैंकले ७ प्रतिशत, प्रभु बैंकले ७ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments