•  २३ भाद्र २०८१, आईतवार
  •  8:16:58 AM

सुनको मूल्य तोलाकै डेढ लाखनजिक, फेरि बढ्यो

- श्रावण १, २०८१ मा प्रकाशित



इटहरी । सुनको मूल्य फेरि उकालो चढ्न थालेको छ। मंगलबार तोलामा ९ सय रुपैयाँ बढेको हो। योसँगै सुनको मूल्य डेढ लाख प्रतितोलातिर नजिकिँदै गएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ४७ हजार ८ सय रुपैयाँ, तेजाबी सुन १ लाख ४७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। 

अघिल्लो दिन छापावाल सुन १ लाख ४६ हजार ९ सय, तेजाबी सुन १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। 

चाँदीको मूल्य भने घटेको छ। १० रुपैयाँले सस्तो भएको चाँदी आज १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको हो। अन्तर्राष्ट्रिय बजारमा भने आज सुन २ हजार ४ सय ३१ अमेरिकी डलर र चाँदी ३० अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्। 

Comments

सम्बन्धित खवर