•  २३ भाद्र २०८१, आईतवार
  •  7:00:05 AM

स्पेनले चौंथो पटक जित्यो युरोकप उपाधि

- असार ३१, २०८१ मा प्रकाशित



एजेन्सी । स्पेनले युरोकप–२०२४ को उपाधि जितेको छ । बर्लिनमा गए राति भएको फाइनलमा इङ्ल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै स्पेनले युरोपेली च्याम्पियनसिपको उपाधि जितेको हो ।

दोस्रो हाफको शुरूआतमै स्पेनले अग्रता लिएको थियो । खेलको ४७ औ मिनेटमा स्पेनका लागि निको विलियम्सले गोल गरेका थिए । ७३ औं मिनेटमा इङ्ल्याण्डले बराबरी गोल गर्‍यो । मैदान प्रवेश गरेको तीन मिनेटमै कोल पालमरले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

तर, ८६ औं मिनेटमा स्पेनले विजयी गोल गर्‍यो । मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जीत दिलाए । स्पेनले सन् २०१२ पछि उपाधि उचालेको हो । स्पेनले पहिलोपल्ट सन् १९६४ मा युरो कप जितेको थियो ।

स्पेनको यो चौंथो युरो उपाधि हो । यसअघि स्पेन र जर्मनीले समान तीन पटक उपाधि उचालेका थिए । तर, यो कीर्तिमान स्पेनले तोडेको छ । इङ्ल्याण्ड भने लगातार दोस्रोपटक युरो कप फाइनलमा पराजित भएको छ । इङ्ल्याण्डले युरोकप उपाधि जित्न सकेको छैन ।

Comments

सम्बन्धित खवर