•  २३ भाद्र २०८१, आईतवार
  •  7:07:22 AM

यामल बने युरोकप–२०२४ को उत्कृष्ट युवा खेलाडी

- असार ३१, २०८१ मा प्रकाशित



एजेन्सी । स्पेनका खेलाडी लामिन यामलले युरोकप–२०२४ को उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । स्पेनलाई चौंथो पटक युरोकपको उपाधि जिताउन उच्चकोटीको प्रदर्शन गरेका १७ वर्षीय युवा खेलाडी यामलले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका हुन् ।

युरो २०२४ मा उनले एक गोल गरेका थिए भने ४ असिस्ट समेत गरेका थिए । यस संस्करणको युरोमा उनी सर्वाधिक असिस्ट गर्ने खेलाडी समेत हुन् । उनले प्रतियोगिताभर कूल ५०७ मिनेट खेलेका थिए । जसमा उनले प्रतियोगिताकै सर्वाधिक ३२ ड्रिबल गरेका थिए ।

यामलले सेमिफाइनलमा फ्रान्सविरुद्ध उत्कृष्ट गोल गरेका थिए । एक गोलले पछि परेको अवस्थामा उनले स्पेनका लागि बराबरी गोल गर्दै खेलमा फर्काएका थिए । उनले स्पेनले खेलेको सात वटै खेल खेलेका थिए ।

जसमा समूह चरणमा क्रोएसियालाई ३–० ले पराजित गरेको खेलमा डेब्यु गर्दै युरोको सबैभन्दा कान्छो खेलाडी खेलाडीको कीर्तिमान बनाएका थिए । जतिबेला उनी १६ वर्ष ३३८ दिनका थिए । यस्तै सेमिफाइनलमा फ्रान्सविरुद्ध गोल गर्दै उनी युरो इतिहासमा गोल गर्ने पनि सबैभन्दा कान्छो खेलाडी बने । फ्रान्सविरुद्ध गोल गर्दा उनको उमेर १६ वर्ष ३६२ दिन थियो ।

Comments

सम्बन्धित खवर