•  २३ भाद्र २०८१, आईतवार
  •  6:31:51 AM

प्रधानमन्त्री नियुक्त भएपछि ओलीले लेखे : सबैमा सम्मान, सबैलाई धन्यवाद !

- असार ३०, २०८१ मा प्रकाशित



 इटहरी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा नियुक्त भएपछि  सबैलाई सम्मान र धन्यवाद दिएका छन् । प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘सबैमा सम्मान, सबैलाई धन्यवाद ! ’

आइतबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए। अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् ।  अध्यक्ष ओली  २०७२ साल असोज २४ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । २०७४ मा दोस्रो र २०७८ सालमा केही समयका लागि तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बने ।

तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले शुक्रबार नै संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन दाबी पेश गर्न आइतबार ५ बजेसम्मको समय दिएका थिए ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि अब शपथ भने सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपतिको कार्यालयले सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ गर्ने गरी तयारी गरेको छ । ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि कांग्रेस र एमाले सोमबार बिहान नै मन्त्रीहरुको पनि शपथ गराउने तयारीमा रहेका छन् । तर अहिलेसम्म सरकारमा जाने मन्त्रीहरुको टुंगो कांग्रेस र एमालेले लगाउन सकेका छैनन् ।

Comments

सम्बन्धित खवर