•  २३ भाद्र २०८१, आईतवार
  •  6:34:03 AM

इटहरीमा भानुजयन्तीकाे अवसर पारेर दुइ साहित्यकारलाई सम्मान

- असार २९, २०८१ मा प्रकाशित



इटहरी । साहित्यिक क्षेत्रमा उल्लेखनीय भुमिका र योगदान गरेको भन्दै आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्तीको अवसर पारेर इटहरी साहित्यिक समुहले दुइ जना लाई सम्मान गरेको छ । बहुउद्देश्यीय सहकारी संस्थाको हलमा भएको कार्यक्रममा इटहरीकी कवि टिका आत्रीयलाई इटहरी साहित्यिक समुहले नगद १५हजार सहित इटहरी काव्य पुरस्कारबाट सम्मान गरेको हो ।

त्यस्तै बेलबारीकी कथाकार विष्णुदेवी भण्डारी आचार्य लाई टिका मिलन घिमिरेले स्थापना गरेको भिमादेवी घिमिरे स्मृती पुरस्कार बाट नगद ५ हजार सहित सम्मान गरेको छ । सम्मानीत आत्रीय र भण्डारी लाई कार्यक्रमका प्रमुख अतिथी सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी र साहित्यिक समुहका अध्यक्ष हेमन्त गौतम लगायतले सम्मान पत्रले सम्मान गरिएको इटहरी साहित्यिक समुहका सचिव जगदिस सापकोटाले जानकारी दिए ।

आदिकवि भानुभक्त आर्चायका जन्म जयन्तीका अवसरमा आयोजना गरिएको सम्मान सहितको साहित्यिक कार्यक्रममा प्रमुख वक्ता डा. दिवाकर रेग्मीले लगायतले आदिकविका व्यक्तित्व र कृतित्वका विषयमा चर्चा गरेका थिए । इटहरी साहित्यिक समुहले साहित्यका क्षेत्रमा निरन्तर कलम चलाएका श्रृष्टाहरु लाई प्रत्येक वर्ष प्रोत्सान स्वरुप सम्मान गर्दै आएको छ । यो वर्ष बाट दुई जना सम्मान गर्दै आगामी दिनहरुमा अक्षयकोषलाई थप गर्दै साहित्यकारहरु लाई साहित्यकको क्षेत्रमा अझ उचाईमा लान प्रत्येकसाल सम्मान गर्दै जाने साहित्यिक समुहका अध्यक्ष हेमन्त गौतमले बताए ।

सीता दाहाल,पुण्य चौलागाँई लगायतले आदिकविको चर्चा सहित कविता वाचन गरेर आदिकविलाई स्मरण गरेका थिए ।कार्यक्रममा इटहरी साहित्यिक समुहका पुर्व अध्यक्ष कृष्ण विनोद लम्साल , कृष्ण अधिकारी, हंसवाहिनी फ्रिल्मका अध्यक्ष कृष्ण नेपाल,समाजसेवी – रामचन्द्र अधिकारी लगायत इटहरीका साहित्यिक पारखीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Comments

सम्बन्धित खवर