•  ३ आश्विन २०८१, बिहीबार
  •  10:05:16 PM

सुन्दरहरैंचामा कुखुरा फर्मका सञ्चालकको हत्या प्रकरण : आरोपित दम्पती धरानबाट पक्राउ

- असार २८, २०८१ मा प्रकाशित



इटहरी ।  मोरङ प्रहरीले सुन्दरहरैंचामा कुखुरा फर्मका सञ्चालकको हत्या आरोपमा एक दम्पतीलाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ घर भएका ३५ वर्षीय छिरिङ भनिने सुनिल तामाङ र उनकी श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटी रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले  बताए ।

उनीहरूले सुन्दरहरैंचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको बिहीबार बिहान हत्या गरेको थिए  । पक्राउ परेकाहरु मृतकको फर्मका कामदार दम्पती हुन् । बजगाईंले सुन्दरहरैंचा–१ मा कुखुरा फार्म सञ्चालन गर्दै आएका थिए । प्रहरीका अनुसार डेढ महिना अघिदेखि उनीहरुले कुखुरा फार्ममा काम गर्दै आएका थिए ।

बिहीबारदेखि फरार भएका उनीहरुलाई सुनसरीको धरान उपमहानगरपालिका–१२ स्थित अरुणोदय धर्मशालाको गेस्ट हाउसबाट पक्राउ परेका हुन् । फार्मका सञ्चालक बजगाईंले काम गरेको पैसा नदिई गालीगलौज गरेको निहुँमा उनीहरूले हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । बजगाईंको शव टाउको क्षतविक्षत भएको विभत्स अवस्थामा बिहीबार बिहान १०ः३० बजेतिर कुखुरा फर्मभित्रै भेटिएको थियो ।

Comments

सम्बन्धित खवर