•  ३ आश्विन २०८१, बिहीबार
  •  10:25:40 PM

त्रिशूलीमा बेपत्ता झण्डै ५४ मध्ये १७ जनाको नाम खुल्यो : बस धनी र चालक पनि नदीमा हराए

- असार २८, २०८१ मा प्रकाशित



रूपन्देही । शुक्रबार बिहान त्रिशूली नदीमा दुईवटा बस खस्दा बेपत्ता भएका ५४ जनामध्ये १७ जना यात्रुको नाम खुलेको छ। बेपत्ता हुने एउटा बसमा गाडी धनी पनि रहेका प्रहरीले जनाएको छ।

प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज बिहान दुईवटा वसलाई पहिरोले त्रिशूलीमा खसाउँदा करिब ५४ जना बेपत्ता भएका छन्। यसअघि प्रहरीले करिब ६५ जना त्रिशूलीमा बेपत्ता भएका जनाएको थियो।

वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३ ००६ ख १५१६ नम्बरको बस धनी राजेन्द्र केसी पनि त्रिशूलीमा बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए।

उक्त बसका चालक, सहचालक पनि यात्रुसँगै नारायणीमा बेपत्ता छन्। बेपत्ता हुनेमा कम्तिमा पनि ६ जना भारतीय रहेका रिजालले बताए। यो बसमा करिब २४ जना रहेको अनुमान प्रहरीले गरेको छ। अर्को बसमा झण्डै ३० जना रहेको अनुमान प्रहरीको छ।

नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने भरतपुर महानगरपालिका २९ सिमलतालमा लेदोसहितको पहिरोले एकसाथ दुईवटा बसलाई बगाएर त्रिशूली नदीमा झारेको हो।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले नदीमा बेपत्ताको खोजी थालेका छन्।

आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स (नम्बर खुल्न बाँकी) बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बागमती प्रदेश ०३ ००६ ख १५१६ नम्बरको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेकाे थियाे ।
यी हुन् नाम खुलेका बेपत्ता १७ यात्रु

Comments

सम्बन्धित खवर