•  ३ आश्विन २०८१, बिहीबार
  •  9:48:58 PM

नारायणगढ–मुग्लिन सडकमा पहिरोको ढुंगा खसेर लाग्दा बस चालकको मृत्यु

- असार २८, २०८१ मा प्रकाशित



चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोसहित ढुंगा खसेर लाग्दा बसका चालकको मृत्यु भएको छ । बुटवलबाट काठमाडौं आउँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासी ४ सुनवलका ३६ वर्षीय मेगनाथ बिकको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि भरतपुर पठाएकोमा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी बलमा सहप्रवक्ता शैलेन्द्र थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शुक्रवार बिहान ३ बजेको समयमा चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा उक्त घटना भएको हो ।

बसका यात्रु भने सकुशल रहेको सहप्रवक्ता थापाले बताए । पहिरोपछि सडक एकतर्फी अवरोध भएको र खुलाउन सशस्त्रको १७ नम्बर गण चितवनबाट २० जनाको टोली र नेपाल प्रहरी परिचालन भएको उनले जानकारी दिए । बाटो खुलाउन सडक डिभिजनसँग पनि समन्वय भइरहेको उनको भनाइ छ ।

Comments

सम्बन्धित खवर