•  ३ आश्विन २०८१, बिहीबार
  •  10:16:26 PM

प्रधानमन्त्रीलाई विश्वासको मतबारे निर्णय गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

- असार २८, २०८१ मा प्रकाशित



इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दै छ । बैठक अब केहीबेरमा सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यलयमा सुरु हुनेछ ।

आज (शुक्रबार) को बैठकले आजै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा लिन लागेको विश्वासको मतका विषयमा निर्णय गर्ने रास्वपाका कार्यवाहक प्रवक्ता एवं सासद मनीष झाले बताएका छन् । त्यसो त रास्वपाले प्रधानमन्त्री प्रचण्डकै आग्रहमा विश्वासको मत लिने दिन आज सहयोग गर्नाका लागि भनेर सरकारबाट राजीनामा नदिएको हो । आजको बैठकले अन्य समसामयिक विषयमा पपिन छलफल गर्ने हुने झाले जानकारी दिएका छन् ।

Comments

सम्बन्धित खवर