•  ३ आश्विन २०८१, बिहीबार
  •  10:17:36 PM

नारायणी नदीमा बेपत्ता २ बसका यात्रु खोज्न सशस्त्रको गोताखोर परिचालन

- असार २८, २०८१ मा प्रकाशित



इटहरी । नारायणी नदीमा बेपत्ता दुईवटा बसका यात्रुको खोजीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन्। चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा आज बिहान पहिरोले दुईवटा यात्रु बस बगाएर नारायणी नदीमा खसाउँदा ६० जनाभन्दा धेरै यात्रु नारायणी नदीमा बेपत्ता भएको अनुमान गरिएको छ।

आज बिहान ३ बजे भएको यो घटनामा धेरै जनाको हताहती भएको अनुमान प्रहरीले गरे पनि अहिलेसम्म कसैको शव फेला परेको छैन।

घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरेर सयौँ सुरक्षाकर्मी बेपत्ताको उद्धार र खोजीमा खटिएका छन्। दुवै बसमा गरी ६५ जना यात्रुहरू रहेकाे जनाइएकाे छ । एउटा बसमा ४१ जना र अर्को बसमा २४ जना रहेका प्रारम्भिक जानकारी आएको प्रहरी भनाइ छ।

Comments

सम्बन्धित खवर