•  ३ आश्विन २०८१, बिहीबार
  •  10:15:20 PM

चितवनमा पहिरोमा परेर दुई यात्रु बस त्रिशूलीमा खसे, ५० बढी बेपत्ता

- असार २८, २०८१ मा प्रकाशित



चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ ।

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् ।

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, ‘हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।’ उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताए ।

यता  निरन्तर परेको पानीका कारण घटनास्थलसम्म पुग्न मुस्किल भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ठाउँ/ठाउँमा खसेको पहिरोका कारण गोताखोरको टोली जाममा परेका कारण घटनास्थलसम्म आइपुग्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए। उनका अनुसार घटनास्थलमा बसको थोरै भाग देखिएको छ।

Comments

सम्बन्धित खवर