इटहरीमा नक्कली पेस्तोल देखाएर सर्वसाधरण तर्साउने दुई युवक पक्राउ
- माघ ८, २०८० मा प्रकाशित
इटहरी । सुनसरीकाे इटहरीस्थित वसपार्क क्षेत्रका वस काउन्टर तथा यात्रुवाहक बस भित्र नक्कली पेस्ताेल देखाएर सर्वसाधरणमा त्रास फैलाउने दुइ युवकलाई प्रहरीले पक्राउ गरेकाे छ ।
यसरी पक्राउ पर्नेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ बस्ने ३० वर्षीय दावा छिरिङ शेर्पा र विराटनगर महानगरपालिका वडा नम्बर १५ बस्ने ३५ वर्षीय शिरीष बोहरा रहेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार पक्राउ परेका उनीहरूले लामो समयदेखि नक्कली पेस्तोल देखाएर आतङ्क फैल्याउँदै आएको खुलेको छ । पक्राउ परेकाहरूको साथबाट एक थान नक्कली लाइटर पेस्तोलसमेत बरामद गरिएको डीएसपी कार्कीले बताए ।
पक्राउ परेका शेर्पा तरकारी व्यापारी रहेको र बोहरा रिकण्डिसन सञ्चालक रहेको खुलेको छ । पक्राउ परेका दुवैजनाविरुद्व आइतबार जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको इटहरी प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments