बम्जनले जेलमै सुरु गरे योग-ध्यान,मागे लसुन, प्याज र बेसार नहालेको खाना
- पुष २९, २०८० मा प्रकाशित
सर्लाही । बाल यौन शोषणको अभियोग लागेका ‘तपस्वी’ रामबहादुर बम्जनले महाेत्तरीकाे जलेश्वर कारागारमै योग ध्यान सुरु गरेका छन्। सर्लाहीको पत्थरकोट आश्रममा रहँदा एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोगमा बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि जलेश्वर कारागार चलान भएका बम्जनले कारागारभित्रै योग ध्यान सुरु गरेका हुन्।
उनले आफू सुत्ने कोठामै योग ध्यान गर्न थालेका जलेश्व कारागारका प्रमुख (जेलर) रामचन्द्र साहले जानकारी दिए। ‘उनले साँझ बिहान आफू सुत्ने ओछ्यानमा योग ध्यान गर्न थालेका छन्,’ जेलर साहले भने, ‘उनी शान्त देखिन्छन्। अन्य कैदीबन्दीसँग घुलमिल हुँदै गएका छन्। अरु कैदीसँग पनि गफगाफ गरिरहेका हुन्छन्।’
अन्य कैदीबन्दीलाई पकाएको मेसको खाना खान अस्वीकार गरेका बम्जनलाई कारागारमा रहेका बाबा (जोगी)हरुसँगै साकाहारी खाना खाने व्यवस्था मिलाइएको छ।
बम्जनले कारागारमा मागे लसुन, प्याज र बेसार नहालेको खाना
‘उनले लसुन, प्याज र बेसार नहालेको खाना मागेपछि हामीले अन्य कैदीबन्दीलाई बनाएको खाना दिएका छैनौँ,’ जेलर साहले भने, ‘उनलाई बिहानको खाना आफन्तले नै ल्याइदिन्छन्, साँझको खाना जोगीहरुकै मेसमा खान्छन्।’ जलेश्वर कारागारमा विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका ५/७ जना जोगी छन्।
बम्जनलाई पनि उनीहरुकै मेसमा साकाहारी खाना खाने व्यवस्था मिलाइएको हो। ‘म हिजो (शनिबार) रामबहादुर भएको ठाउँमा गएको थिएँ। तिमीलाई कस्तो छ भनेर सोध्दा मलाई ठिक छ, अब यतै ‘एडजस्ट’ हुन्छु। कोठामै योग ध्यान गर्छु। त्यसको आफ्नै टाइम टेबल छ। भन्ने कुरा गरे,’ जेलर साहले भने।
बम्जनलाई सुत्ने ओछ्यान छुट्टै दिए पनि छुट्टै कोठामा नराखिएको उनले बताए। अन्य कैदीबन्दीसँगै एउटै कोठामा उनलाई राखिएको साहले जानकारी दिए। जलेश्वर कारागारमा छ सय भन्दा धेरै कैदी बन्दीलाई राखिएको छ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments