•  ६ मंसिर २०८१, बिहीबार
  •  5:05:11 PM

नेपालमा दर्ताका लागि टिकटकले गर्‍यो पत्राचार

- मंसिर १९, २०८० मा प्रकाशित



काठमाडौं । नेपालमा दर्ताका लागि टिकटकले पत्राचार गरेको छ । नेपाल सरकारले टिकटकलाई प्रतिबन्ध लगाएपछि औपचारिक रुपमै दर्ता हुन टिकटकले इमेलमार्फत पत्राचार गरेको हो ।

सरकारले सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरेपछि नेपालमा दर्ता प्रक्रियामा अनुसार टिकटकले इमेल गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

उनले भने, ‘हामीले सामाजिक सञ्जालहरुलाई दर्ता प्रक्रियामा आउन भनेपछि टिकटकले पनि इमेल गरेको छ । तर, सरकारले नै बन्द गरेको टिकटक दर्ता हुने कुरा भएन ।’ हाल टिकटक बन्दको विरुद्धमा अदालतमा मुद्दा विचारधीन रहेको छ ।

Comments

सम्बन्धित खवर