भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न निस्किए राष्ट्रपति पौडेल
- कार्तिक २१, २०८० मा प्रकाशित
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बिहान जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न हिँडेका छन्।दसदिन लामो युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेल बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत भूकम्पप्रभावित क्षेत्रतर्फ लागेका हुन्।
राष्ट्रपति पौडेलको यही कात्तिक २२ गतेदेखि मंसिर १ गतेसम्मको युरोप भ्रमण गर्ने कार्यतालिका थियो। तर चर्को जनआलोचना पछि उक्त भ्रमण स्थगित गरेर राष्ट्रपति पौडेल आफ्ना केही सल्लाकारसहित भूकम्पप्रभावित क्षेत्रको अवलोकनमा निस्किएका हुन्।
युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेल बिहान सबा १० बजे भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिमसहितका क्षेत्रतर्फ लागेका हुन्।देशमा भूकम्पका कारण सयौँ नागरिकको ज्यान गएर शोकमग्न भएका बेला विदेश जान लागेको भन्दै आलोचना भएपछि पौडेलले भ्रमण स्थगित गरेका थिए।
पौडेलसँगै प्रेस सल्लाहकार किरण पोखरेलसहित सचिवालयका सदस्यहरू पनि छन्।राष्ट्रपति पौडेलले प्राकृतिक विपत्ति आइपरेका बेला देश छाड्न उपयुक्त नहुने निष्कर्ष निकालेका बताइएको छ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments