देउवाले प्रचण्डलाई बुझाए भूकम्पपीडित राहतका लागि ५० लाखको चेक
- कार्तिक २१, २०८० मा प्रकाशित
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत एवं उद्धारका लागि देउवाले बालुवाटार पुगेर चेक बुझाएका हुन् ।
सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ । सभापति देउवासँगै कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा पनि बालुवाटार पुगेका थिए । कांग्रेस कार्यसम्पादन समिति बैठकले भूकम्पका पीडितलाई उद्धार, राहत र पुनर्स्थापनाका लागि राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको थियो ।
यस्तै कांग्रेसले आफ्नो संघीय सांसदहरूको १५ दिनको पारिश्रमिक पनि दिने भनेको छ । शुक्रवार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पका परी १५३ जनाको मृत्यु भएको छ । २ सय बढी घाइते भएका छन् । दुवै जिल्लामा सयौं घर भत्किएका छन् ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments