•  १६ कार्तिक २०८१, शुक्रबार
  •  3:22:16 PM

भूकम्प प्रभावितको राहत र पुनर्स्थापनाका विषयमा निर्णय लिन मन्त्रिपरिषदको बैठक बस्दै

- कार्तिक १९, २०८० मा प्रकाशित



काठमाडौं । जाजरकोट भूकम्पपछि उद्धार, राहत र उपचारका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

भूकम्प प्रभावितको विषयमा छलफल गर्न प्रधानमन्त्रीले आज (आइतबार) बिहान ८ बजे बस्ने गरी मन्त्रिपरिषद्को बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । भूकम्प लगत्तै शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुम पुगेर क्षतिबारे बुझेका थिए ।

प्रधानमन्त्रीले उद्धार, राहत र उपचारमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शनिबार रातिसम्म भूकम्पको असरको सूचना संकलन गरेर आइतबार बिहानको बैठकबाट थप आवश्यक निर्णय गर्ने तयारीमा प्रधामन्त्रीले गरेका छन् ।

भूकम्पबाट अहिलेसमम १५७ जनाको ज्यान गएको छ भने २०८ जना घाइते भएका छन् । घाइतेहरू ९ वटा जिल्लाको रहेको नेपाल प्रहरीले जानकारी दिएको छ । घाइतेहरूमा जाजरकोटका १ सय ६ जना, रुकुम पश्चिमका ८६ जना, दैलेख, प्युठान, बैतडी र जुम्लाका ३–३ जना, सल्यानका २ जना तथा रोल्पा र दाङका १–१ जना छन् । यता भूकम्पमा परी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटका १०५ तथा रुकुम पश्चिमका ५२ जना रहेका छन् ।

Comments

सम्बन्धित खवर