•  ६ मंसिर २०८१, बिहीबार
  •  9:41:43 PM

देशभर आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

- कार्तिक १७, २०८० मा प्रकाशित



काठमाडौँ । आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।सरकारको वार्षिक कार्यक्रम अन्तर्गत आज अर्थात कार्तिक १७ र १८ गतेसम्म ६–६ महिनाको अवधिमा वर्षमा २ पटक भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत अभियान सञ्चालन गरिएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाले जनाएको छ ।

६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ए र र १ देखि ५ वर्ष सम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाइने छ । देशभरका ३२ लाख बालबालिकालाई भिटामिन ए खुवाइने लक्ष्य रहेको छ । र जुकाको औषधि ३५ लाख ट्याब्लेट खुवाइने लक्ष्य रहेको छ ।

Comments

सम्बन्धित खवर