त्रियुगाका तत्कालीन मेयर चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- आश्विन ११, २०८० मा प्रकाशित
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नदीजन्य पदार्थ उत्खनन् गर्ने कार्यमा उनीहरुले ८१ लाख ३५ हजार ३८२ रुपैयाँ आर्थिक अनियमितता गरेको ठहर गर्दै अख्तियारले उनीहरुविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा त्रियुगा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरण कुमार कार्की, तत्कालीन राजस्व शाखा प्रमुख गुरु प्रसाद ढकाल र निश्चल ट्रेडर्स हेटौँडाका प्रोपाइटर तथा ठेकदार राजेश बछार रहेका छन् । आर्थिक वर्ष २०७८/७९ मा ढुङ्गा, गिटी, ग्राभेल, रोडा, बालुवा उत्खनन्, संकलन तथा बिक्री गरी कर उठाउने ठेक्कामा अनियमितता भएको भन्ने उजुरी परेपछि अख्तियारले उक्त घटनाको अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान हुँदा त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख चौधरीले ८१ लाख ३५ हजार ३८२ रुपैयाँ राजस्व चुहावट गरेको पाइएको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । अख्तियारले दायर गरेको मुद्दामा तत्कालीन नगर प्रमुख चौधरीसँग चुहावट गरेको राजस्व रकमको दोब्बर एक करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ जरिवाना मागदाबी गरिएको छ ।
यस्तै, त्रियुगा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्की र तत्कालीन राजस्व शाखा प्रमुख ढकालसँग पनि चुहावट भएको राजस्व रकमको दोब्बर एक करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ जरिवाना मागदाबी गरिएको छ । निश्चल ट्रेडर्स हेटौँडाका प्रोपाइटर तथा ठेकदार बछारसँग चुहावट भएको राजस्वको दोब्बर रकम ३६ लाख ८८ हजार ३५५ रुपैयाँ असुल गर्न अख्तियारले मागदाबी गरेको छ ।
सम्बन्धित खवर
-
ताजा भाद्र २२, २०८१पल शाह भन्छन : काठमाडाैंमा घर बनाउने सपना थीयाे तर एउटै मुद्धाले सबै सपना चकनाचुर बनाइदियाे
-
ताजा भाद्र २२, २०८१इजरायली सेनाको गोलीबाट २६ वर्षीया अमेरिकी-टर्की युवतीको मृत्यु
-
ताजा भाद्र २२, २०८१सुनिता विलियम्सलाई अन्तरिक्षमै छाडेर पृथ्वीमा फर्कियो स्टारलाइनर
-
ताजा भाद्र २२, २०८१राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुको योगदान प्रशंसायोग्य : प्रधानमन्त्री
-
ताजा भाद्र २२, २०८१चेपाङ समुदायले आज आज छोनाम मनाउँदै, यी तीन जिल्लामा सार्वजनिक बिदा
Comments