माओवादी पार्टीलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँ : प्रधानमन्त्री प्रचण्ड
- भाद्र २३, २०८० मा प्रकाशित
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रूपमा स्थापित गर्ने बताउनुभएको छ । सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा आउनुभएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै आज सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो, “अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देशभर उत्साहपूर्ण ढङ्गले अगाडि बढेको छ । यो अभियानमा संलग्न पार्टीका नेता कार्यकर्तालाई शुभकामना दिन चाहन्छु । ठुलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न प्रहरी यो अभियान सफल पार्न जरुरी छ ।
जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको पार्टीको काम गर्ने एक मात्र पार्टीको माओवादी हो भन्ने रूपमा स्थापित गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उहाँले चुनौतीपूर्ण अवसरको रूपमा लिएको बताउनुभयो । सरकारले सामाजिक सुरक्षा कोषको अभियान, पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरुवात गरिएको उहाँले बताउनुभयो ।
भ्रष्टाचार विरोधी अभियानले जनतामा उत्साह जागेको भए पनि भ्रष्टाचारमा रमाउनेहरू अत्तालिएको उहाँले बताउनुभयो । सुशासन र समृद्धिलाई प्राथमिकता दिएर सरकार अगाडि बढेको बताउनुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बुढीगण्डकी जलविद्युत आयोजनाको काम सुरुवात गरिएको छ, कर्णाली चिसापानीजस्तो गेम चेन्जर आयोजना सुरुवात गरिएको छ ।” छिट्टै चीन भ्रमण जान लागेको बताउनुहुँदै नेपालको विकास र देशको उत्तरीक्षेत्रका नाका खोल्नेलगायतका एजेन्डा रहने बताउनुभयो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments