सबै जाति मिलेर बसेको मन नपराउनेहरुको मन भतभति पोलिराखेको छ : ओली
- भाद्र २३, २०८० मा प्रकाशित
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै जाति एकै ठाउँ मिलेर बसेको हेर्न मन नपराउनेहरु अहिले पनि रहेको बताएका छन् ।
एमाले निकट महिला संघको तीज कार्यक्रममा बोल्दै उनले सबै जाति एकै ठाउँमा भएको हेर्न मन नपराउनेहरुको मन भतभति पोलिरहेको बताए । २०४८ सालमा तीजको कार्यक्रम गर्दा अर्घखाँचीमा राति नेपाली कांग्रेसका कार्यकर्ताहरु भेला भएर महिलाहरुमाथि कुटपिट भएको र त्यो समस्या समाधान गर्न आफू जानुपरेको प्रसंग सुनाए । अहिले पनि यस्तो घटना दोहोरिन्न भन्न नसकिने ओलीले बताए ।
उनले भने,‘ यस्ता चाडबाड मन नपराउनेहरु, अरु कुरा मन नपराउनेहरु, एकता मन नपराउने, सबै जातका मान्छेहरु एकै ठाउँ बसेको मन नपराउने मान्छे त झगडा गरेर बस्नुपर्नेमा कहाँ रमाएर एकै ठाउँ छन् भनेर मन भतभत पोल्नेहरु अहिले पनि छँदैछन् । एउटै वडाका मान्छेहरु अहिले सँगै बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरु अहिले पनि छन् । साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरु अहिले पनि छन् ।’
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments