इटहरी लेडी जेशिजकाे सप्तव्यापी कार्यक्रम सम्पन्न , नागरिक समाजकि अध्यक्ष भट्टराइ सहित तिन जना सम्मानित
- भाद्र २३, २०८० मा प्रकाशित
इटहरी । सुनसरीकाे इटहरी स्थित लेडि जेशिजले सप्तव्यापि कार्यक्रमहरू सम्पन्न गरेकाे छ । सप्तव्यापी अन्तरगत पहिलाे दिन समुदघाटन तथा व्यवसायिक शिप प्रवर्द्धन कार्यक्रम गरेकाे जेशिजले शुक्रबार पुर्न:जागरणका लागि नेतृत्व विषयक अन्तरकृिया गर्दै सप्तव्यापि कार्यक्रमकाे समापन गरेकाे हाे ।
समापन कार्यक्रममा इटहरी नागरिक समाजकि अध्यक्ष बालिका भट्टराइ ,जनता बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य अम्बिका श्रेष्ठ र उर्मिला कटुवाललाइ सम्मान गरिएकाे थियाे । इटहरीकाे प्रतिस्ठित संस्था नागरिक समाजमा कुशल नेतृत्व वहन गरेकाे भन्दै अध्यक्ष भट्टराइ र जनता बहुमुखि क्याम्पसकाे सञ्चालक समिति तर्फ निर्वाचित श्रेष्ठ र कटुवाललाइ लेडि जेशिजले सम्मान गरेकाे हाे ।
कार्यक्रमकि प्रमुख अतिथी राष्ट्रिय स्वतन्त्र पार्टिकि नेतृ तथा संघिय सांसद डा.ताेसिमा कार्कीले डेट एक्सपायर भएकाे अाैषधी र बुढा नेताहरू उस्ता उस्तै रहेकाे अाैल्याइन । उनले अबकाे राजनीतिमा युवा पुस्ताकाे नेतृत्व अावश्यक रहेकाे पनि प्रस्ट पारिन । कार्यक्रममा काेशी प्रदेशका सांसद रेवती रमण भडारी र केदार कार्किले सुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रम इटहरी लेडी जेशिज वर्ष २०२३ कि अध्यक्ष सुमीत्रा भट्टराइकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments